इ.अ.संस्थानद्वारा स्नातक तह २०७२ शैक्षिक सत्रको लागि लिइएको प्रवेश परीक्षा उत्तीर्ण भइ यस क्याम्पसमा भर्ना हुनको लागि मिति २०७२/०५/३१ देखि मिति २०७२ आश्विन ६ गतेसम्म Online form भरेका आवेदकहरुबाट तेश्रो सूचीसम्मको भर्ना कार्यक्रम सम्पन्न भएकाले यस अघि भरेका Online form हरुलाई निस्क्रिय गरी तेश्रो सूची पछि रिक्त रहन गएका स्थानहरुमा भर्ना हुन चाहनेहरुको लागि पुनः आवेदन गर्न यो सूचना प्रकाशित गरिएको छ । पुन आवेदन गर्नको लागि यस अघि Online Form नभरेका, Online form भरेर पनि तेश्रो सूचीसम्म नाम ननिस्केका र नाम निस्केर पनि भर्ना नभएकाहरुलाई तोकिए बमोजिमको शुल्क तिरी क्याम्पसमा उपस्थित भइ पुनः आवेदन गर्न सूचित गरिन्छ । तेश्रो सूचीसम्म भर्ना भइसकेका र माथिल्लो प्राथमिकतामा जान चाहनेहरुले समेत तोके बमोजिमको शुल्क तिरी पुनः आवेदन गर्नु पर्नेछ । अन्यथा तेश्रो सूचीसम्म भर्ना भएको अवस्थामा नै कायम रहनेछ ।
Click Here To Download Full Notice